PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

सलमान खानले वितरण गर्ने भए पाँच मोबाइल ट्वाइलेट



पहिलोपोस्ट

बलिउड अभिनेता सलमान खान बृहमुम्बई महानगरपालिकाका ब्रान्ड एम्बेसडरको बन्ने भएका छन्। बिएमसीको 'खुला दिसामुक्त क्षेत्र' अभियानका लागि उनले काम गर्ने भएका हुन्।

यही डिसेम्बर २७ देखि आफ्नो ५१ औं जन्मदिनको अवसर पारेर बिएमसीको लागि आफू एम्बेसडरको रुपमा काम गर्ने घोषणा गरे।
अब उनी प्रत्यक्ष रुपमा स्वच्छ भारत अभियानमा जोडिने छन्।

सलमानले महानगरपालिकाका कमिसनर अजय मेहेतासँग भेटेर बिएमसीको प्रस्ताव स्वीकार गरेका हुन्। अजयले सलमानलाई सामाजिक कार्यमा देखाएको जिम्मेवारीप्रति धन्यवाद व्यक्त गरे। सलमानले आफ्नो तर्फबाट स्वच्छ भारत अभियानका लागि पाँचवटा मोबाइल ट्वाइलेट समेत वितरण गर्ने घोषणा गरेका छन्।

सलमानले भने,'मुम्बई जस्तो विकसित शहरमा खुलेआम दिसा गर्नुपर्ने अवस्था देख्दा राम्रो लाग्दैन। खुला दिशामुक्त शहर बनाउने अभियानमा लाग्न पाउँदा खुशी छु।'

बिएमसीले अभियानका लागि केहि अडियो भिडियो प्रोजेक्टहरु तयार गर्दैछ। टाइम्स अफ इन्डियामा जनाए अनुसार सोही भिडियोहरुको लागि सलमानले काम गर्नुपर्छ र भिडियोको सुटिङ चाँडै सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell