PahiloPost

Nov 27, 2024 | १२ मंसिर २०८१

नेत्रविक्रम चन्द 'विप्लव' के राजावादी हुन्? गृहमन्त्रीले गरे संकेत, वैद्यले लगाए आरोप



रमेश वाग्ले

नेत्रविक्रम चन्द 'विप्लव' के राजावादी हुन्? गृहमन्त्रीले गरे संकेत, वैद्यले लगाए आरोप

काठमाडौं : विषय थियो माओ जयन्ती। प्रमुख वक्ता थिए मोहन वैद्य 'किरण'।

नेवाः राज्य समितिको कार्यालय कुपण्डोलमा सोमबार आयोजित कार्यक्रममा नेपालका कम्युनिष्ट पार्टी र तिनका नेताको चरित्रको टिप्पणी गर्दै उनी आफ्नो पार्टी छाडेर नयाँ दल बनाएका नेत्रविक्रम चन्द 'विप्लव'मा गएर अड्किए।

नेकपा माओवादीको नाममा अर्ध भूमिगत शैलीको राजनीतिक अभ्यास गरिरहेका विप्लवले गणतन्त्र, संघीयता र धर्म निरपेक्षता जस्ता विषयमा प्रश्न उठाइरहेको भन्दै वैद्यले उनलाई मार्क्सवाद, माओवाद छाडेर राजावाद अंगीकार गरेको गम्भीर आरोप लगाए।

उनले आफ्ना राजनीतिक चेला प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबारे टिप्पणी गर्दै मार्क्सवाद, माओवाद भन्दै उत्तरआधुनिकतावादमा लागेको र विप्लव राजाको भूत ब्युँताउन लागेको दावी गरे।

'प्रचण्ड जस्तै विप्लव कम्रेडको उत्तर आधुनिकतावाद पनि त्यही हो ' उनले भने।

उनले विप्लवलाई प्रचण्ड भन्दा पनि एक स्टेप अघि बढेर राजावादी भएको आरोप लगाए। 'संघीयता हुनुहुन्न रे, धर्मनिरपेक्षता हुनुहुन्न रे, गणतन्त्र पनि यो तरिकाले हुनुहुन्न रे, राजावादी भूत उठ्दैछ भनेर भन्नुस' वैद्यले भने।

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले 'इन्टेलिजेन्स रिपोर्ट'लाई आधार बनाउँदै शनिबार पहिलोपोस्टसँगको अन्तर्वार्तामा विप्लवलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग जोडेका थिए। 

उनले अन्तर्वार्तामा गणतन्त्र र संघीयताको खिलाफमा प्रतिगमनकारीहरु र विध्वंशकारीहरुको कतै न कतै मेल भएको भन्दै विप्लव र सिके राउतसँग ज्ञानेन्द्रको भेटघाट भएको भन्ने कुरा सुनिन्छ भनेका थिए।

'पूर्वराजासँग कसैकसैले भेटघाट गराइदिएको छ रे भन्ने सुनिन्छ। यो त गम्भीर कुरा हो।' निधिले अन्तर्वार्तामा भनेका छन्, 'पूर्वराजा ज्ञानेन्द्र अहिले जसरी एकातिर गणतन्त्रको खिलाफमा आउनु अर्कोतिर संघीयताको खिलाफमा आउनु संसद अवरुद्ध हुनु, संविधान कार्यान्वयन र निर्वाचनको वातावरण नबन्नु सामान्य विषय हैनन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell