PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

निर्वाचनमा राय दिन सर्वोच्च बारद्वारा एमिकश क्युरी सिफारिस



पहिलोपोस्ट

निर्वाचनमा राय दिन सर्वोच्च बारद्वारा एमिकश क्युरी सिफारिस

काठमाडौं : सर्वोच्च अदालत बार एशोसिएसनले स्थानीय निर्वाचनसम्वन्धी संवैधानिक विवादमा राय दिन तीन सदस्यीय एमिकश क्युरी सिफारिस गरेको छ । सर्वोच्च अदालतको सयुक्त इजलासको पुस ६ गतेको आदेशानुसार सर्वोच्च वारेले दुई बरिष्ठ अधिवक्ता र एक अधिवक्तालाई एमिकशका रुपमा सिफारिस गरेको हो। 

सर्वोच्च बारले बरिष्ठ अधिवक्ताद्धय विश्वकान्त मैनाली र पूर्णमान शाक्यलाई एमिकश सदस्यमा सिफारिस गरेको हो । यस्तै अधिवक्ता शैलेन्द्रकुमार दाहाल अर्का सदस्य छन् । दाहाल सर्वोच्च बारका अध्यक्ष समेत हुन्।

अदालतको आदेशानुसार नेपाल बार एशोसिएसनले भने एमिकश क्युरीमा जाने सदस्य सिफारिस गरेको छैन। 

संविधानको धारा ३०३ को व्यवस्था अनुसार संक्रमणकालीन अवस्थामा स्थानीय तहको निर्वाचन गर्नुपर्ने मागसहित दायर भएको रिटमा अदालतले एमिकश सहायता मागेको थियो । अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीसहितका कानुन व्यवसायीले उक्त रिट दायर गरेका थिए।

न्यायाधीशद्धय चोलेन्द्र शमशेर जवरा र हरिकृष्ण कार्कीको सयुक्त इजलासले संविधानको प्रावधान अनुसार स्थानीय तह वा निकायको निर्वाचन भन्ने विवादमा राय माग्न एमिकश माग गरेको थियो। 

निर्वाचनसम्वन्धी विवादको उक्त रिट पुस १३ गतेवाट अन्तिम सुनुवाईका लागि पेश हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell