PahiloPost

Mar 19, 2026 | ५ चैत्र २०८२

​संसद् आज बस्दै, पूर्वसभासद सायमिको निधनमा शोक प्रस्ताव पारित हुने



पहिलोपोस्ट

काठमाडौं : एक महिनादेखि कार्यसूचीमा प्रवेश गर्न नसकेको व्यवस्थापिका संसद्को बैठक आज बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठक बैठकमा नेपाः राष्ट्रिय पार्टीका पूर्व सभासद् बुद्धरत्न सायमिको निधनको शोक प्रस्ताव पारित गर्ने कार्यसूची तय भएको छ। 

संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमका अनुसार सायमिको निधनमा शोक प्रस्ताव पारित गरी बुधवार दिनको ३ बजेसम्मका लागि बैठक स्थगित गर्ने तयारी छ । तर, सायमिको निधनको औपचारिक पत्रको जानकारी भने संसद् सचिवालयलाई सोमवार साँझसम्म प्राप्त भने भएको छैन।

मंसिर १४ गते सरकारले संसद् सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि मंसिर १६ गतेवाट प्रतिपक्ष दलहरुले संसद् अवरुद्ध गर्दै आएका छन् । प्रतिपक्ष दलको अवरोधका कारण यसअघि ६ पटक र सूचना टाँसेर तीन पटक बैठक स्थगित भैसकेको छ।

संसद्को काम कारवाही सुचारु नहुँदा स्थानीय तह निर्वाचन र निर्वाचन कसुर तथा सजाय निर्धारण सम्वन्धी विधेयक संसद्मा पेश हुन् पाएका छैनन् । यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावको छलफल पनि अघि बढ्न सकेको छैन।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell