PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

​सजाय पाएको १८ बर्षपछि प्रहरीद्धारा दोषी पक्राउ



पहिलोपोस्ट

लहान : कुटपिट मुद्दामा अदालतबाट कैद सजाय पाएर १८ वर्षदेखि फरार तीन जनालाई सिरहा प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ। 

कुटपिट मुद्दामा सिरहा जिल्ला अदालतबाट २० दिन कैद सजाय पाएर फरार सिरहाको विष्णुपुर प्रम गाविस–५ निवासी रामआशिष यादव, सोही ठाउँका राम दयाल यादव र जगदीश यादवलाई पक्राउ गरिएको हो। 

सिरहा जिल्ला अदालतले गत २०५५ मङ्सिर १६ गते कुटपिट मुद्दामा कैद सजायको फैसलालगत्तै फरार भएका तीनै जनालाई खोजतलास गर्ने क्रममा आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell