PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

​सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप : नेपालले कास्य पदकका लागि माल्दिभ्ससँग आज खेल्दै



पहिलोपोस्ट

काठमाडौं : बंगलादेशमा भइरहेको एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालले कास्य पदकका लागि आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ। 

५ टोलि सम्मिलित च्याम्पियनसिपको शीर्ष दुई स्थानमा रहन असफल भएपछि नेपालले तेस्रो स्थानको लागि माल्दिभ्ससँग खेल्न लागेको हो। सोमबार भएको अन्तिम खेलमा नेपाल किर्गिस्तानसँग ३-१ को सेटमा पराजित भएको थियो।

माल्दिभ्सलाई हराउन सके नेपालले कास्य पदक प्राप्त गर्नेछ। राउण्ड रोविन लिगको पहिलो खेलमै नेपालले माल्दिभ्सलाई हराएको कारण पनि नेपालको मनोबल उच्च छ।

गत वर्ष भएको च्याम्पियनसिपमा नेपाल चौथो भएको थियो। त्यसतिबेला तेस्रो स्थानको लागि भएको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो।

आजै आयोजक बंगलादेश र लिगमा अपराजित रहेको किर्गिस्तानबीच स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell