PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

इन्धन बोकेर पोखरा आइरहेको ट्यांकरका चालकमाथि गोली प्रहार



पहिलोपोस्ट

वीरगन्ज : पोखराका लागि इन्धन बोकी आइरहेको ना५ख ८८४५ नं का ट्याङ्कर चालकलाई भारतको रक्सौलमा अज्ञात दुई जनाले गोली प्रहार गरी भारु चार हजार पाँच सय लुटेर लगेका छन्।
 
आज बिहान भारतको बरोनीबाट आइरहेको सो ट्यांकरलाई रक्सौल बजारबाट तीन किमि अगाडि रोकी अज्ञात समूहले गोली हानेका हुन्। अमलेखगन्ज–४ बस्ने चालक तुलाराम उपाध्यायलाई कटुवा पेस्तोलले टाउकामा हान्दा प्रतिकार गरेपछि उनीहरुले बायाँ खुट्टामा गोली हानेका थिए। घाइते बनाई सो समूहले रकम लुटिलगेको पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार शाहले बताए।
 
चालकको अवस्था सामान्य छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell