PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

आरक्षमै हात्तीले क्षति पुर्‍याउन थालेपछि कर्मचारी तनावमा, वनभोज कार्यक्रम नगर्न आग्रह



पहिलोपोस्ट

इनरुवा : कोसी टप्पु वन्यजन्तु आरक्षबाट दैनिक रुपमा हात्ती निस्कने गरेकाले आरक्षको कार्यालयमा कार्यरत कर्मचारी त्रसित भएका छन्।
 
दैनिक रुपमा आरक्षको जङ्गल क्षेत्रबाट दिउँसो र राति जङ्गली हात्ती आएर कार्यालय परिसरमा बितन्डा मचाउने छन्। सोमबार दिउँसो र राति कोसी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको जङ्गली हात्तीले आतङ्क मच्चाउन थालेपछि आफूहरु त्रसित भएको आरक्षका संरक्षण अधिकृत श्यामप्रसाद साहले जानकारी दिए।
 
सोमबार राति मात्र आरक्षको जङ्गल क्षेत्रबाट निस्केका जङ्गली हात्तीले आरक्षको पर्खाल र भान्सा कोठामा तोडफोड गरेको थियो। जङ्गली हात्तीका कारण यहाँ आउने जनसमुदायसमेत त्रसित रहेकाले यस क्षेत्रमा वनभोज लगायत कार्यक्रम नगर्न उनले आग्रह गरे। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell