PahiloPost

Apr 9, 2025 | २६ चैत्र २०८१

​सुटिङ्गको १० मिटर एयर राइफलमा पुलिसलाई स्वर्ण



पहिलोपोस्ट

नेपाल पुलिसले पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला १० मिटर एयर राईफल टिम ईभेन्ट्समा स्वर्ण हात पारेको छ। 

अश्मिता राई, फुलमाया क्याप्छाकी र दूर्गा सिंजालीको जोडीले कुल ११२२ अंक हासिल गर्दै स्वर्ण प्राप्त गरेका हुन्। 

मध्यपश्चिमले १०६८ अंक जोड्दै रजत पदक हात पार्यो। मध्यपश्चिमको टिममा शान्ति बिष्ट, सिता सिंह र रुशी सोमै थापामगर रहेका थिए। 

यस्तै विना परियार, कल्पना परियार र सुविना तामाङ्गको आर्मीको टिमले १०५४ अंक जोड्दै कास्य पदकमा चित्त बुझाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell