PahiloPost

Jun 21, 2025 | ७ असार २०८२

सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप : माल्दिभ्ससँग हारेसँगै नेपाल पदक जित्न असफल



पहिलोपोस्ट

सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप : माल्दिभ्ससँग हारेसँगै नेपाल पदक जित्न असफल

काठमाडौं : बंगलादेशमा भइरहेको एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपाल पदकविहिन हुँदै घर फर्कने भएको छ। मंगलबार तेस्रो स्थानको लागि भएको खेलमा नेपाल माल्दिभ्ससँग ३-१ को सेटमा पराजित भएपछि पदक जित्न असफल भएको हो।

५ टोलि सम्मिलित च्याम्पियनसिपमा नेपाल चौथो भएको छ। यसअघि राउण्ड रोविन लिगको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ३-१ को सेटमा पराजित गरेको थियो। तर तेस्रो स्थानको लागि भएको खेलमा नेपालले सोही प्रदर्शनलाई कायम राख्न सकेन। 
माल्दिभ्स २५-२२, २५-१७, १९-२५ र २५-२१ को सेटमा विजयी भयो।

सोमबार भएको अन्तिम खेलमा नेपाल किर्गिस्तानसँग ३-१ को सेटमा पराजित भएपनि फाइनल पुग्नबाट बन्चित भएको थियो।

गत वर्ष भएको च्याम्पियनसिपमा पनि नेपाल चौथो भएको थियो। त्यसतिबेला तेस्रो स्थानको लागि भएको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो।

आजै आयोजक बंगलादेश र लिगमा अपराजित रहेको किर्गिस्तानबीच स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell