PahiloPost

Jun 21, 2025 | ७ असार २०८२

बालुवाटारमा प्रधानमन्त्री सहित कांग्रेस र संघीय गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी



पहिलोपोस्ट

बालुवाटारमा प्रधानमन्त्री सहित कांग्रेस र संघीय गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको सत्तारुढ नेपाली कांग्रेस तथा मधेसी मोर्चासम्बद्ध संघीय गठबन्धनका नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ।
 
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, सदन सञ्चालन, संविधान संशोधन, स्थानीय निर्वाचन लगायतका विषयमा छलफल हुनेछ। बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री विमलेन्द्र निधि, नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, सशांक कोइराला, प्रकाशमान सिंह, माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर लगायत मधेशी मोर्चाका प्रमुख नेताहरु सहभागी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell