PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

१० हजार मिटरमा कान्छीमाया र गोपीचन्द्रलाई स्वर्ण



पहिलोपोस्ट

१० हजार मिटरमा कान्छीमाया र गोपीचन्द्रलाई स्वर्ण

इटहरी : सातौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला १० हजार मिटर दौडमा महिलातर्फ एपीएफकी कान्छीमाया कोजु र पुरुषतर्फ पनि एपीएफकै गोपीचन्द्र पार्कीले स्वर्ण जितेका छन्।

कोजु र पार्कीको यो दोस्रो स्वर्ण हो। यसअघि दुवैले ५ हजार मिटरमा पनि स्वर्ण जितेका थिए। महिलातर्फ कान्छीले निर्धारित दुरी ३७ मिनेट १६ दशमलव ९० सकेन्डमा पुरा गरिन्।

नेपाल आर्मीकी विश्वरुपमा बुढाले निर्धारित दुरी ३७ मिनेट ३६ दशमलव ६० सेकेन्डमा पुरा गर्दै रजत हात पारिन्। आर्मीकै लक्ष्मी पाण्डेले ३९ मिनेट ३२ दशमलव ५५ सेकेन्डमा निर्धारित दुरी पुरा गर्दे कास्य जितिन्।

पुरुषतर्फ पार्कीले ३१ मिनेट ४९ दशमलब ०५ सेकेन्डमा निर्धारित दुरी पुरा गर्दै स्वर्ण जिते। आर्मीका कृष्ण बस्नेतले ३१ मिनेट ४४ दशमलब ०५ सेकेन्डमा दुरी पुरा गर्दै रजत र आर्मीकै हरि कुमार रिमालले ३१ मिनेट ५९ दशमलब ८४ सेकेन्डका साथ कास्य जिते।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell