PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

काठमाडौंको मखनगल्लीमा आगलागी, हेर्नुस् ६ फोटोमा

काठमाडौंको मखनगल्लीमा आगलागी, हेर्नुस् ६ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : काठमाडौंको व्यस्त बजार इन्द्रचोक नजिकै मखनगल्लीस्थित घरको चौथो तलाबाट अचानक आगोको मुस्लो उठ्यो। लहरै घरैघर भएको सहरमा त्यो दृश्य देख्दा सबै अत्तालिए, र फोन गरे दमकल-प्रहरीलाई।
 
धन्न, काठमाडौंका चार र ललितपुरको एउटा गरी पाँच वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइयो। अरुतिर फैलन नपाए पनि फेमस चेलिबेटी साडी पसलमा आगलागीबाट करिब एक करोड २५ लाख बराबरको क्षति भएको डिएसपी सन्तोष आचार्यले पहिलोपोस्टलाई बताएका छन्।
 
विद्युत सर्ट भई आगो लागेको थियो। मंगलबार दिउँसोको आगलागी घटनाका दृश्य-


ट्रेन्डिङ पोस्ट

Ncell