PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

'पद्मावती'को सुटिङ सेटमा एक कामदारको मृत्यु



पहिलोपोस्ट

'पद्मावती'को सुटिङ सेटमा एक कामदारको मृत्यु

बलिउड फिल्म 'पद्द्मावती'को सुटिङ सेटमा भएको दुर्घटनामा परी एक कामदारको मृत्यु भएको छ। मृत्यु हुनेमा फिल्म युनिटकै पेन्टर मुकेश डाकिया रहेका बलिउड हंगामाले जनाएको छ।

संजयलिला भन्सालीको निर्देशनमा बन्न लागेको फिल्म पद्द्मावतीको गोरेगाउँको फिल्म सिटीमा सुटिङ भैरहेको छ। फिल्मकै सेट निर्माण गर्नेक्रममा मुकेश दुर्घटनामा परेका हुन्। फिल्म सिटीमा घाइते भएका मुकेशको निधन भएको पुष्टि कोकिला बेन अस्पतालले गरेको हो।

फिल्म स्टुडियो सेटिङ सम्बन्धि मजदुर संगठनका महासचिव गंग्गेश्वरलाल श्रीवास्तवले ती कामदाको सुरक्षासँग सम्बन्धित नियमहरु पालना नगरिएको बताएका छन्। भने,'निर्माता र फिल्म निर्माणकर्ताहरु पैसा त खर्च गर्छन् तर कामदारहरुको सुरक्षाको लागि ध्यान दिइदैन जति सेटमा कलाकारको सुरक्षाको ख्याल हुन्छ।'

गंग्गेश्वरलाल श्रीवास्तवले मुकेशको परिवारलाई क्षतिपूर्ती दिन पर्ने बताए। उनले भने,'संजयलिला भन्सालीले पिडित परिवारलाई चाडो भन्दा चाडो क्षतिपूर्ती दिनु पर्छ।'

फिल्म सेटमा आवश्यक सावधानी र सुरक्षाको उपायमा ध्यान दिनुपर्ने समेत बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell