PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

​सत्ताधारी–मधेसीमोर्चाको बैठकमा संविधान संशोधन र निर्वाचन विधेयक सँगै लैजाने सहमति



पहिलोपोस्ट

​सत्ताधारी–मधेसीमोर्चाको बैठकमा संविधान संशोधन र निर्वाचन विधेयक सँगै लैजाने सहमति

काठमाडौं:सत्ताधारी दल र मधेसी मोर्चाको बैठकले संविधान संशोधन विधेयक र निर्वाचन विधेयक एकसाथ अगाडि बढाउने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवराेधले स‌ंविधान स‌ंशाेधन प्रस्ताव संसदमै अड्किएपछि निकास पहिल्याउन प्रधानमन्त्री निवास बालुवाटारमा माअोवादी केन्द्र, नेपाली कांग्रेस लगायतका सत्ताधारी दल र सरकारको सहयोगी मधेसी माेर्चाका नेताको बैठक  बसेको थियो।

बैठकले ‘प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई संसद बन्धक नबनाउन आग्रह गर्ने निर्णय समेत गरेको छ।
 
बैठक सकिएर बाहिरिनेक्रममा तमलोपाका नेता ह्दयश त्रिपाठीले संविधान संशोधन प्रस्ताव राष्ट्रघात हो भने संसदमा रेकर्ड गराउन एमालेलाई आग्रह गर्ने निर्णय भएको बताए ।

‘बाहिर राष्ट्रघात भन्दा संसदमा रेकर्ड हुन्न, राष्ट्रघातै हो भने त्यो संसदमा बोलेर रेकर्ड गराउन आग्रह गर्ने निर्णय भयो ।’

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महताले छलफल सकारात्मक भएको प्रतिकृयादिँदै संविधान संशोधन प्रस्ताव पारित भए आफूहरु निर्वाचनमा जान तयार रहेको बताए । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell