PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

नेपालले एएफसी एसियन कप क्वालिफायर्समा खेल्न पाउने



पहिलोपोस्ट

नेपालले एएफसी एसियन कप क्वालिफायर्समा खेल्न पाउने

काठमाडौं : नेपालले एएफसी एसियन कप क्वालिफायर्स खेल्ने अवसर पाएको छ। एसियन फुटबलको सर्वोच्च संस्था एसियाली फुटबल महासंघ नेपालले खेल्ने पुष्टी गरेको हो।

ग्आमले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि नेपाललाई अवसर दिइएको हो। पछिल्लो पटक नेपालले सोलिडारिटी कपमा हात पारेको सफलताले नै नेपाललाई उक्त मौका दिलाएको हो। उक्त क्वालिफायर्सको लागि आगामी जनवरी २३ मा ड्र हुनेछ।

सन् २०१९ मा युएईमा हुने एसियन कपको लागि छुट्याइएको १२ स्थानको लागि क्वालिफायर्समा कूल २४ टोलीले प्रतिस्पर्धा गर्नेछन्। सहभागि २४ टोलीलाई ६ समूहमा विभाजन गरिनेछ। हरेक समूहको शीर्ष दुई स्थानमा रहने टोली एसियन कपका लागि छनोट हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell