PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

​निर्वाचनको मिति घोषण गर्न मोर्चाले मानेन



रमेश वाग्ले

​निर्वाचनको मिति घोषण गर्न मोर्चाले मानेन

काठमाडौं : बैशाखमा निर्वाचन गर्ने गरी मिति घोषणा गर्ने सत्ताधारी दलको प्रस्ताव मधेसी मोर्चा गठबन्धले अस्वीकार गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ताधारी गठबन्धन र मधेसी मोर्चाविचको छलफलमा सत्ता घटक दलका नेताले निर्वाचनको मिति घोषणा गर्ने प्रस्ताव गरेका थिए।

संविधान संशोधनको प्रस्ताव पारित भए आफुहरु निर्वाचनका लागी सकारात्मक रहे पनि तत्काल निर्वाचनको मिति घोषणा गरे सहमत हुन नसक्ने उनीहरुको जवाफपछि पुन छलफलमा बस्ने गरी बैठक सकिएको थियो। 

बैठकमा सहभागी माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताले मोर्चालाई संसदमा गइसकेकोे प्रस्ताव र विधेयकलाई अगाडि बढाउने गरी निर्वाचनको मिति घोषणा गर्न प्रस्ताव गरेको थियो।

२०७४ भित्र तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व सम्झाउँदै उनीहरुले‘संसदमा पुगेको प्रस्ताव सरकारको रहेको र सरकारले जसरी पनि टुंग्याउने’ भन्दै निर्वाचनको मिति घोषणा गर्न राजी हुन’ आग्रह गर्दा मोर्चाका नेता सकारात्मक देखिए पनि ‘संविधान संशोधन नभई हुन्न’ भनेका थिए ।
बैठकमा सहभागी कांग्रेस नेता रामचन्द्र पौडेलले विधेयक पारित गर्ने दायित्व हाम्रो हो त्यो  हामी गछौं भन्दै बैशाखभित्र चुनाव गर्ने गरी मिति घोषण गर्न गरेको प्रस्तावमा मोर्चाका नेता सकारात्मक बनेका थिए।

‘बाध्यता बुझिदिनुस् भन्दा उहाँहरु सहमत हुनुभयो तर, निष्कर्षमा पुगेका छैनौं,’ पौडेलले भने ‘केही दिनमा निचोडमा पुग्छौं ।’
उनले निर्वाचनमा कसरी जाने भन्ने विषयमा प्रतिपक्षीसँग समेत छलफल गर्ने बताए। 

बैठकपछि बोल्दै मोर्चाका नेताले संविधान संशोधन विधेयक र निर्वाचन विधेयक एकसाथ अगाडि बढाउने सहमति भएको बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell