PahiloPost

Mar 19, 2026 | ५ चैत्र २०८२

भारतमा १७ सय दलको बैंक खाता जाँच हुँदै



पहिलोपोस्ट

भारतमा १७ सय दलको बैंक खाता जाँच हुँदै

हजार र पाँच सयको पुरानो नोटमा प्रतिबन्ध लगाए पनि राजनीतिक दलको बैक खातामा करोडौ रकम जम्मा हुन थालेपछी भारतीय जाँच एजेन्सी प्रवर्तन निर्देशनालय र फाइनान्सियल इन्टेलिजेन्स युनिटका अधिकारीले भारतको १ हजार ७ सय ६१ दलमाथी अनुसन्धान शुरु गरेको छ।

बैकमा पुरानो रकम जम्मा गर्ने अवधी सकिएपछि पनि दलको खातामा पैसा जम्मा भएको खुले पछि दुबै जाँच एजेन्सीले दलका खातामाथी अनुसन्धान शुरु गरेको हो।

राजनीतिक दलको खातामा जम्मा भएको रकमबारे अनुसन्धान गर्न दुबै एजेन्सीले देशभर युनिट विस्तार गरेको छ । केही अनुसन्धानमा उपलब्धी समेत पाइसकेको छ।

अनुसन्धानकोक्रममा दुबै जाँच एजेन्सीले भारतको विएसपी बैकमा जम्मा भएको एक सय ४ करोड रुपैंया पत्ता लगाएको छ जुन बैंकमा पुरानो नोट जम्मा गर्ने अवधी सकिएपछि जम्मा भएको थियो।

भारतीय चुनाव आयोगका अनुसार सन् २०१६ सेप्टेम्बरसम्म भारतमा १ हजार ७ सय ६१ दल दर्ता छन्। जसमा ७ दल राष्ट्रिय पार्टीको मान्यता प्राप्त छ। ४८ वटा पार्टीले क्षेत्रिय दलको मान्यता पाएको छ। त्यसमा १ हजार ७ सय ६ पार्टीले मान्यता पाउन सकेका छैनन्।

दुबै जाँच एजेन्सिले आफ्ने अनुसन्धानलाई मान्यता नपाएका यीनै दल केन्द्रित गरेको छ। दुबै एजेन्सीले केही राष्ट्रिय र क्षेत्रिय दलको बैंक खातालाई समेत शंकाको सुचीमा राखेको छ।

मुख्य चेन्नेई,बैंग्लोर र विशखापट्टनम क्षेत्रमा रहेका बैकका खाताको अनुगमन शुरु भइसकेको छ। से क्षेत्रका ५ बैंकको १४ शाखामा जम्मा भएको पैसाबारे अनुसन्धान भइरहेको छ।यी १४ शाखामा दक्षिण भारतको अधिकांश क्षेत्रिय दलको खाता रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell