PahiloPost

Jul 20, 2025 | ५ साउन २०८२

​घरदैलोमा पुगेर नागरिकता, पाँच हजार नागरिक लाभान्वित



पहिलोपोस्ट

नेपालगन्ज : नागरिकलाई घरदैलामा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले मंगलवार बाँके जिल्लाको अगैया गाउँमा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमा करिब पाँच हजारभन्दा बढी सहभागी भएका छन्। 

प्रमुख जिल्ला अधिकारी रविलाल पन्थका अनुसार शिविरमा नागरिकता, तस्बिरसहितको मतदाता नामावली संकलन, किसान र अपाङ्गता परिचयपत्र, जन्मदर्ता, स्वास्थ्यलगायत सेवा प्रदान गरिएको थियो।

शिविरमा खासकुश्मा, बिनौना, बैजापुर, कचनापुर र महादेवपुरी गाविसका नागरिक शिविरवाट लाभान्वित भएको बताइएको छ । शिविर अवधिमा जनताको गुनासो सुन्न सरोकार भएकाहरुको उपस्थितिमा सार्वजनिक सुनुवाइ कार्यक्रम पनि आयोजना गरिएको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell