PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

९२ यात्रुसहित दुर्घटनामा परेको रसियाली विमानको ब्ल्याक बक्स भेटियो



पहिलोपोस्ट

९२ यात्रुसहित दुर्घटनामा परेको रसियाली विमानको ब्ल्याक बक्स भेटियो

सोची (रसिया) : ब्ल्याक सीमा दुर्घटना भएको सैनिक विमानको ‘ब्ल्याक बक्स’ भेटिएको रसियाली रक्षा मन्त्रालयले बताएको छ।
 
आइतबार रसियाबाट सिरियाका लागि ९२ यात्रुसहित उडेको विमान ब्ल्याक सीमा विस्फोट भएको थियो। विमानको एउटा ब्ल्याक बक्स खासै नबिग्रिएको अवस्थामा समुद्रको सतहबाट करिब दुई किलोमिटर टाढा पानीभित्र भेटिएको मन्त्रालयको भनाइ छ।
 
‘फ्लाइट डाटा रेकर्डर’लाई मस्कोस्थित मन्त्रालयको ल्याबमा ल्याइएको र रेकर्डरमा खासै क्षति नपुगेको मङ्गलबार रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।रासस/एएफपी 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell