PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

करिब दुई अर्ब ठगेर फरार हाउजिङ व्यवसायी सुधीर बस्नेत पक्राउ



पहिलोपोस्ट

करिब दुई अर्ब ठगेर फरार हाउजिङ व्यवसायी सुधीर बस्नेत पक्राउ

काठमाडौं : करिब दुई अर्ब बराबरको रकम ठगी गरेर फरार भएका घरजग्गा तथा हाउजिङ व्यवसायी सुधीर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ।
 
गएराति ११ बजे बस्नेतलाई धापासीमा रहेको उनकै निवासबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसर काठमाडौँका एसपी प्रधुम्न कार्कीले पहिलोपोस्टलाई जानकारी दिएका छन्। भारतमा लुकिबसेका बस्नेतलाई हिजो घर आएको बेलामा विशेष सूचनाको आधारमा पक्राउ गरेको कार्कीले जानकारी दिए।
 
उनले विभिन्न व्यक्तिलाई हाउजिङ उपलब्ध गराउने भन्दै करोडौँ उठाएर फरार भएका थिए। कुमारी बैँक, सिद्धार्थ बैँक, प्राइम कर्मसियल बैँक लगायतबाट उनले करौडौँ ऋण समेत लिएका छन्।

उनलाई काठमाडौं जिल्ला अदालतले दुई वर्ष कैद सजाय सुनाएको थियो। त्यसयता उनी फरार रहँदै आएका थिए।

(फोटो : विकास कार्की)
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell