
काठमाडौं: दयाहाङ राई र प्रियंका कार्कीको अभिनय रहेको फिल्म लालटिनलाई सेन्सरबोर्डले पीजी सर्टिफिकेट दिएको छ। थ्रीलर एक्सन ड्रामा लालटिन मङ्गलबार सेन्सर पास भएको हो। फिल्म २ घन्टा १३ मिनेटमा लामो बनेको छ।
बोर्डले अभिभावकको निगरानीमा बालदर्शकले हेर्नुपर्ने व्यवस्थासहितको सर्टिफिकेट प्रदान गरेको प्रस्तुतकर्ता तथा अभिनेता भानुप्रतापले बताए। 'अब हामी पब्लिसिटी र प्रदर्शनका लागि रेडी भयौं' प्रस्तुतकर्ता भानुप्रतापले भने।
चदेवकुमार श्रेष्ठ निर्देशित सो फिल्म यही वर्षको चैत १८ गते सार्वजनिक हुँदैछ।
एमसन पिक्चर्सको ब्यानरमा बनेको फिल्मलाई अनिम श्रेष्ठ र राज केसीले निर्माण गरेका हुन्। मनोज राजभण्डारी र दीपक श्रेष्ठ सहायक निर्माता हुन्।
दयाहाङ राई र प्रियंका कार्कीसँगै, अर्जुनजंग शाही, ए गुरुङ, भानुप्रताप, जनक बर्तौंला, रीया श्रेष्ठ, लीला माया, नवीन शाह, सुनिल कट्वाल, मोहनविक्रम श्रेष्ठ, कमल आले र रामकेशर बोगटीको अभिनय छ।
फिल्मका लागि करोड बजेट खर्च गरेको निर्माण पक्षको दाबी छ। फिल्मका गीतमा विनोद ढकाल, डिजराज पौडेल र किरण माइकलको संगीत रहेको छ। हरि घलेको छायांकन, रोशन श्रेष्ठको एक्सन, अर्जुन जिसी र मिलन श्रेष्ठको सम्पादन छ।