चौथो साफ महिला च्यामिपयनसिप अन्तर्गत समूह चरणको दोस्रो खेलमा आज नेपालले माल्दिभ्ससँग खेल्दैछ। समूह ए मा पहिलो खेल जितेको नेपाल र माल्दिभ्स दुवै टोली आजको खेल जित्दै सेमिफाइनलमा स्थान बनाउने प्रयासमा छन्।
नेपालले पहिलो खेलमा भुटानलाई ८-० ले पराजित गरेको थियो भने माल्दिभ्सले श्रीलंकालाई ५-३ ले हराएको थियो।
त्यसअघि आजै भुटान र श्रीलंकाबीच खेल हुनेछ। नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार बेलुका पौने ७ बजे सिलगुडीस्थित कञ्चनजंग स्टेडियममा हुनेछ।
नेपालका प्रशिक्षक कुमार थापाले आफुहरुको सम्पूर्ण ध्यान माल्दिभ्स विरुद्धको जितमा केन्द्रित रहेको बताएका छन्।
यता समूह बी अन्तर्गत मंगलबार भएको खेलमा भारतले अफगानिस्तानलाई ५-१ ले पराजित गरेको छ।
(फोटो एन्फा)