PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

चार दिनपछि ओपेरामा एनसेलको नि:शुल्क ट्विटर सेवा बन्द हुने



पहिलोपोस्ट

चार दिनपछि ओपेरामा एनसेलको नि:शुल्क ट्विटर सेवा बन्द हुने

काठमाडौं : एनसेलले ओपेरा मिनीका दिंदै आएको नि:शुल्क ट्विटर र विकिपिडिया सेवा बन्द गर्ने भएको छ। उसले पुस १७ गतेबाट ओपेरा मिनीबाट ट्विटर र विकिपिडिया चलाउँदा शुल्क लिने तयारी गरेको हो। अन्य ब्राउजरमा भने एनसेलको सो सेवा जारीनै रहनेछ।

​सन् २०१४ को मे २७ वाट एनसेलले ओपेरा मिनी लगायत अन्य ब्राउजरमा ट्विटर एप र विकिपिडिया तीन महिनाका लागि निशुल्कको घोषणा गरेर पछि समय थप्दै लगेको थियो।

एनसेलले बुधवार सार्वजनिक गरेको सूचना अनुसार पुस १७ गतेबाट विकिपिडिया र ट्विटर ओपेरा मिनीमा चलाउँदा शुल्क लाग्ने उल्लेख गरेको छ। एनसेलले फेसबुक प्याक खरिद गरेर ओपेरामिनीबाट फेसबुक चलाए फेसबुक प्याकको साटो मेन ब्यालेन्सबाट डाटा चार्ज काट्ने जनाएको छ। एनसेलका अनुसार फेसबुक प्याक लिएकाहरुले फेसबुक एप्लिकेशन अथवा ओपेरामिनी बाहेकको अन्य ब्राउजर प्रयोग गर्न आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell