PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

क्यानडाबाट सार्वजनिक भयो पदमको 'कोही त होला'



पहिलोपोस्ट

क्यानडाबाट सार्वजनिक भयो पदमको 'कोही त होला'

काठमाडौं: गायक पदम भट्टराईले 'कोही त होला' बोलको म्यूजिक भिडियो सार्वजनिक गरेका छन्। गीतमा पदमको स्वर र संगीत रहेको छ।
 
राजुबाबु श्रेष्ठको शब्द रहेको गीत युट्युब मार्फत सार्वजनिक भएको हो। हालै सार्वजनिक गरिएको भिडियोमा गायक भट्टराई र मोडल कुसुम बस्नेत फिचरिङ छन्।
 
क्यानडाका विभिन्न स्थानमा खिचिएको भिडियोमा त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको छ। भिडियो हरी सिवाकोटीले खिचेका हुन् भने टेकेन्द्र शाहले सम्पादन गरेका छन्।
 
क्यानेडा बस्दै आएका भट्टराईले यसअघि चितवनकी कान्छी, यि ओठ तिम्रा लगायतका गीतहरु गाएका छन्।

डि एण्ड डि क्रियशनको निर्देशनमा तयार भएको भिडियो यस्तो छ:

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell