PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

दुई अर्ब ठगीमा सुधीर पुगे डिल्लिबजार जेल



पहिलोपोस्ट

दुई अर्ब ठगीमा सुधीर पुगे डिल्लिबजार जेल

काठमाडौं :  दुई अर्ब बराबरको रकम ठगी गरेर फरार रहेका घरजग्गा तथा हाउजिङ व्यवसायी सुधीर बस्नेत डिल्लिबजार कारागार पुगेका छन्। काठमाडौं जिल्ला अदालतले दुई वर्ष कैद सजाय सुनाए पनि उनी फरारहुँदा अदालतको आदेश कार्यान्वयन हुन सकेको थिएन।

फरार रहेका उनी गएराति घरमा आएको सूचनाको आधारमा प्रहरीले पक्राउ गरी अदालतमा बुझाएकोमा अदालतले कैद सजाय भुक्तानका लागी  डिल्लिबजार कारागार पठाउने निर्णय गरेको हो।

उनले विभिन्न व्यक्तिलाई हाउजिङ उपलब्ध गराउने भन्दै करोडौँ उठाएर फरार भएका थिए। कुमारी बैँक, सिद्धार्थ बैँक, प्राइम कर्मसियल बैँक लगायतबाट उनले करौडौँ ऋण समेत लिएका छन्।

(फोटो : विकास कार्की)

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell