PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

​रोनाल्डोलाई ग्लोब सकर अवार्ड



पहिलोपोस्ट

​रोनाल्डोलाई ग्लोब सकर अवार्ड

पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ग्लोब सकर अवार्डमा 'बेस्ट प्लेअर अफ दि इअर'को अवार्ड जितेका छन्।

रियल मड्रिडका रोनाल्डोले बार्सिलोनाका लियोनल मेसी, लेस्टर सिटीका जेमी भार्डी, एथ्लेटिको मड्रिडका एन्टोनी ग्रिजमन र युभेन्ट्सका गोन्जालो हिग्वेनलाई पछि पार्दै ग्लोब सकर अवार्डमा तेस्रो पटक बेस्ट प्लेअर पटक अवार्ड जितेका हुन्। रोनाल्डोले यसअघि सन् २०११ र २०१४ अवार्ड जितेका थिए।
 

ग्लोब सकर अवार्डमा रोनाल्डोको यो समग्रमा चौथो अवार्ड हो। २०१३ मा रोनाल्डोले फ्यान्स फ्याभोराइट प्लेअरको अवार्ड पनि जितेका थिए। 

यस्तै दुबईमा भएको अवार्ड समारोहमा 'बेस्ट कोच'को अवार्ड पोर्चुगलका फर्नान्डो सान्तोसले पाए भने 'बेस्ट क्लब'को अवार्ड रियलले जितयो।  'बेस्ट प्रेसिडेन्ट'को अवार्ड रियलकै फ्लोन्टिनो पेरेजले हात पारे ।

बेस्ट रेफ्रिको अवार्ड इंगल्याण्डका मार्क क्लाटेनवर्गले पाए भने बेस्ट अरबको अवार्ड इजिप्टका मोहम्मद सालाहले हात पारे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell