PahiloPost

Apr 11, 2025 | २८ चैत्र २०८१

काँग्रेस र एमाले गणतन्त्र र संघीयता समाप्त पार्ने खेलमा : उपेन्द्र यादव



पहिलोपोस्ट

काठमाडौं : संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अहिले गणतन्त्र, संघीयताजस्ता उपलब्धिलाई समाप्त पार्ने खेलमा लागेको आरोप लगाएका छन्।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष यादवले आन्दोलनका उपलब्धिहरुलाई समाप्त पार्ने खेलमा काँग्रेस र एमाले लागेको आरोप लगाएका हुन्।

उनले भने, ‘अहिले काँग्रेस र एमाले गणतन्त्र र संघीयता समाप्त पार्ने खेलमा लागेका छन्।’ उनले प्रमुख सत्तारुढ दल काँग्रेसले दोधारे चरित्र देखाएको आन्दोलनका उपलब्धिहरु संकटमा पर्न लागेको आरोप लगाए।

अध्यक्ष यादवले भने, ‘काँग्रेसले अहिले दोधारे चरित्र देखाएको छ, नेताहरुले संविधान संशोधन गर्नुपर्छ भन्ने अनि जिल्लामा कार्यकर्ता उतारेर संशोधनको विरुद्धमा आन्दोलन मच्चाउने, यो दोधारे चरित्र हो।’

उनले काँग्रेस र एमालेको भूमिका नै आन्दोलनका उपलब्धिहरु धरापमा पार्ने खालेको रहेको बताउँदै भने, ‘काँग्रेस सभापति शेरबहादुर देउवाले हिजो राजासँग मिलेर काँग्रेस तोडेर बहुदलीय व्यवस्था नै धरापमा पारेको ईतिहाँस छ, फेरी त्यही भूमिकामा जाने हो कि भन्ने खतरा छ।’
यादवले काँग्रेस–कम्युनिष्टहरु मिलेर मुलुकलाई प्रतिगमनतर्फ लैजान लागेको समेत आरोप लगाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell