PahiloPost

Apr 11, 2025 | २८ चैत्र २०८१

युवतीलाई प्रेममा पारि ठगी गर्ने पक्राउ



पहिलोपोस्ट

काठमाडौं : विभिन्न युवतीहरुलाई प्रेम सम्वन्धमा पारि योन शोषण र ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोबाट खटिएको टोलीले झापा जिल्ला सनीश्चरे घर भएका ३७ वर्षिय अभिषेक केसी भन्ने नेत्र प्रसाद गिरी र पाँचथर फलैचा ४ घर भएका ३५ वर्षिय रविन केसी भन्ने रविन कुमार चिमरियालाई पक्राउ गरेको हो।

उनिहरुले ३० भन्दा बढी युवतीलाई आफ्नो नाम, थर परिर्वतन गरि आफुलाई डाक्टर, ईन्जिनियर, व्यापारी लगायत पेशमा भएको भन्दै विवाह गर्ने आश्वासन दिई पैसा ठगी गर्ने गरेको उजुरी परेको आधारमा पक्राउ गरेको हो।

त्यस्तै पक्राउ परेका दुई जनाले विभिन्न रेष्टुरेन्ट वार मा गएर युवतीलाई झुटो आश्वासन दिई विदेश पठाईदिन भन्दै रकम असुल्ने गरको थिए। उनिहरुले युवतीको सिम प्रयोग गरि अन्य ठगी गर्ने गरेको समेत प्रहरीको अनुसन्धानले देखाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell