PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

राष्ट्रकवि घिमिरे, आख्यानकार दीक्षित र शताब्दी पुरुष जोशीलाई साझा-सम्मान



पहिलोपोस्ट

राष्ट्रकवि घिमिरे, आख्यानकार दीक्षित र शताब्दी पुरुष जोशीलाई साझा-सम्मान

काठमाडौं : नेपाली साहित्य-संस्कृतिका तीन शिखर व्यक्तित्वले 'साझा सम्मान' पाएका छन्।
 
साझा प्रकाशनले केन्द्रीय कार्यालय पुल्चोकमा एक कार्यक्रम आयोजना गरी प्रकाशनले राष्ट्रकवि माधवप्रसाद घिमिरे, आख्यानकार मदनमणि दीक्षित र शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीलाई आज साझा सम्मान प्रदान गरिएको हो।
 
झन्डै सय उमेर पुग्न लागेका तीनै जनाले नेपाली भाषा-साहित्य, संस्कृतिको समृद्धि र साझा प्रकाशनको विकासका लागि पुर्‍याएको योगदानको मूल्यांकन गर्दै सम्मान दिइएको प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले बताए। सम्मानित सबैलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य किरणले सम्मान प्रदान गरे। सम्मानको राशी २५ हजार १०१ रुपैयाँ रहेको छ।
 
सम्मान ग्रहण गर्दै तीनै स्रष्टाले आफूहरुका लागि आजको दिन महत्वपूर्ण घटना भएको बताए।

'म सुरुदेखि नै साझाको अंशियार थिएँ। त्यो बेला १५ प्रतिशत लाभांश पनि दिएको थियो,' जोशीले भने, 'डुबेको संस्थाको अब उद्धार भएको छ। पहिलेको जस्तै अंशियार, लेखक साहित्यकार र कर्मचारीहरु खुसी रहने अवस्था आउनेमा म विश्वस्त छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell