PahiloPost

Dec 29, 2025 | १४ पुष २०८२

झापा गोल्डकपको दोस्रो संस्करण माघमा, विजेतालाई ७ लाख पुरस्कार



पहिलोपोस्ट

झापा गोल्डकपको दोस्रो संस्करण माघमा, विजेतालाई ७ लाख पुरस्कार

सुरुङ्गा (झापा) : झापा गोल्डकपको दोस्रो संस्करण झापा गोल्डकप २०७३ माघ १५ गतेदेखि हुने भएको छ।
 
मोफसलको सर्वाधिक पुरस्कार राशि भएको झापा गोल्डकप २०७३ को दोस्रो संस्करण माघ १५ गतेदेखि २४ गतेसम्म सञ्चालन हुन लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकरी दिइयो।

गत वर्ष विजेतालाई ६ लाख पुरस्कार प्रदान गरिएकोमा यो पटक पुरस्कार राशीमा वृद्धी गरिएको हो।

नेपालका ‘ए’ डिभिजन खेल्ने सातवटा र विदेशी तीनवटा टिमले प्रतियोगितामा सहभागिता जनाउने पत्रकार सम्मेलनमा मूलआयोजक समितिका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए।
 
प्रतियोगितामा नौ वटा खेल सञ्चालन हुनेछन्। रमपम झापा ११ फुटबल क्लबको आयोजनामा विर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा प्रतियोगिता सञ्चालन गरिने बताइएको छ।
 
प्रतियोगिताका विजयी टिमले नगद ७ लाख र उपविजेताले तीन लाख ५० सहित ट्रफी र प्रमाणपत्र हात पार्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो। प्रतियोगिता सम्पन्न गर्न ७५ लाख खर्च लाग्ने बताइएको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell