PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

स्थानीय तह पुनर्संरचना आयोगका अध्यक्षलाई प्रधानमन्त्री प्रचण्डले एक्लै भेटे



पहिलोपोस्ट

स्थानीय तह पुनर्संरचना आयोगका अध्यक्षलाई प्रधानमन्त्री प्रचण्डले एक्लै भेटे

काठमाडौँ : स्थानीय तह पुनर्संरचना आयोगका अध्यक्ष बालानन्द पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेरै आयोगले प्रतिवेदन तयार गरेको जानकारी दिएका छन्।
 
आयोगले पटकपटक प्रतिवेदन बुझाउन समय माग्दा समेत नदिएका प्रधानमन्त्रीले अध्यक्ष पौडेल एक्लैलाई बोलाएर छुट्टै भेटेका हुन्। आयोगले प्रधानमन्त्रीको समय नपाएपछि पत्र नै काटेर प्रतिवेदन तयार भएको जानकारी सोमबार प्रधानमन्त्रीलाई दिएको थियो। मंगलबार बिहान प्रधानमन्त्रीले आयोगका पदाधिकारीलाई बोलाए पनि पछि रद्द गरेका थिए।
 
तर आज भने प्रचण्डले बिहान पौडेल एक्लैलाई भेटेका हुन्।
 
भेटबारे पौडेलले पहिलोपोस्टसित भने, 'मैले प्रतिवेदन तयार भयो। सबै सिध्याइसकेका छौँ भनेँ। प्रधानमन्त्रीले सबै पार्टीहरुसँग कुरा गरेर प्रतिवेदन बुझ्नका लागि खबर गर्छौँ भन्नुभयो।'
 
पौडेलले प्रधानमन्त्रीसँगको छलफलबाट समेत प्रतिवेदन बुझाउने समय यकिन नभएको बताए।
 
प्रधानमन्त्री प्रचण्डले दलहरुबीच नयाँ संरचना अनुसारको स्थानीय तह कि पुरानो संरचना अनुसारको निकायको निर्वाचन गर्ने भन्ने द्वविधा रहेकाले प्रतिवेदन बुझ्न अस्वीकार गर्दै आएका छन्। उनले राजनीतिक सहमतिको प्रयास गरिरहेको भन्दै आयोगलाई केही समय पर्खन आग्रह गर्ने गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell