PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

निनु चापागाईं र ताराकान्त पाण्डेयका दुई किताब एकसाथ लोकार्पण



पहिलोपोस्ट

निनु चापागाईं र ताराकान्त पाण्डेयका दुई किताब एकसाथ लोकार्पण

काठमाडौं : ताराकान्त पाण्डेयको 'मार्क्सवाद, सांस्कृतिक अध्ययन र साहित्यको समाजशास्त्र' र निनु चापागाईंको 'पूर्ववाद र सइदेली विचार' पुस्तक आज एकसाथ  लोकार्पण भएका छन्।
 
साझा प्रकाशनले छापेका ती पुस्तक आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य किरणले संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका हुन्।
 
पुस्तकमाथि छोटो टिप्पणी गर्दै वैद्यले मार्क्सवादी सौन्दर्यचिन्तनका हिसाबले चापागाईंको पुस्तक महत्वपूर्ण हुने बताए।
 
'एकातिर साम्राज्यवाद त अर्कातिर सर्वहाराबीचको द्वन्द्व सबैतिर चलिरहने द्वन्द्व हो,' उनले भने, 'यसैको उत्पादन उत्तरआधुनिकतावाद आएको छ। योसँगै उत्तर उपनिवेशवाद समेतलाई जोडेर पाण्डेयले ल्याउनुभएको छ।' समालोचना कृतिहरु रचनाभन्दा माथिल्लो स्तरबाट लेखिएको भएकाले सोही अनुरुप गम्भीर रुपमा पढ्न पनि उनले सुझाव दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell