PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

​शेयर बजार पाँच अंकले बढ्यो



पहिलोपोस्ट

काठमाडौं। सोमबार र मंगलबार दोहरो अंकले ओरालो लागेको बजार बुधबार ५.६२ अंकले बढेर १४१३.१५ अंकमा पुगेको छ। साताको चौथों दिन चार हजार ४७ कारोबार बाट १२८ कम्पनीको ४६ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भयो। बुधबार परिसूचकमा न्यून अंकको सुधार देखिए पनि कारोबार रकम भने बढ्न सकेन। 
 
बुधबारको कारोबार रकमलाई नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले लिड गर्यो। नेको इन्स्योरेन्सको २४४ कारोबारबाट तीन करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भयो। धेरै रकम कारोबार भएको नेको इन्स्योरेन्सको सबैभन्दा धेरै पटक कारोबार भएको थियो। 
 
बिगत देखि नै अग्रस्थानमा कारोबार भैरहेको एभरेष्ट बैंकको दुई करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भयो। लगातार ओरालो लागिरहेको एभरेष्ट बैंकको शेयर मूल्य बुधबार भने १७ रुपैयाँले बढेको छ।
 
बुधबार सबैभन्दाबढी एनबी इन्स्योरेन्सका लगानीकर्ताले कमाए। एनबी इन्स्योरेन्सको मूल्य ८.१३ प्रतिशतले बढ्यो। न्यून अंकले बढेको बजारमा सबैभन्दा बढी ललितपुर फाईनान्सका लगानीकर्ताले गुमाए। ललितपुर फाईनान्सको मूल्य ६.४८ प्रतिशतले घटेको छ। 

नेप्से परिसूचक उकालो लागेपछि समग्र उप-सूचकहरु पनि हरियो भए। सबैभन्दा बढी होटल २.२ प्रतिशत  वृद्धि भयो भने जलविद्युत १.८४ प्रतिशतले बढ्यो। बिकास बैंक ०.८२ प्रतिशत, बीमा ०.४६ प्रतिशत, वित्तीय ०.५३ प्रतिशत, बैंकिंग ०.२ प्रतिशत र अन्य उपसूचक ०.०८ प्रतिशतले वृद्धि भए।
 
नेप्से संगै क वर्गका कम्पनीको मापक सूचक 'सेन्सेटिभ' परिसूचक पनि न्यून अंकले बढेको छ।  
 
स्टक ब्रोकर एशोसियसनका पूर्व अध्यक्ष अन्जनराज पौडेलले तरलताको समस्या समाधान नभएसम्म बजार धेरै बढ्नसक्ने सम्भावना नदेखिएको बताए। न्यून अंकको वृद्धि प्राकृतिक भएको पौडेलले दावी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell