PahiloPost

Apr 11, 2025 | २८ चैत्र २०८१

अँध्यारो भएका कारण आर्मी र मध्यमाञ्चलबीचको खेल रोकियो, पेनाल्टी सुटआउट भोलि



पहिलोपोस्ट

धरान : सातौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलमा नेपाल आर्मी र मध्माञ्चलबीचको दोस्रो सेमिफाइनल खेल अँध्यारो प्रकाशका कारण रोकिएको छ। 

धरानस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटसम्म पनि दुवै टोलीले गोल गर्न नसकेपछि खेल बराबरीमा सकिएको थियो। नियमअनुसार त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट हुनुपर्ने भए पनि अँध्यारो भएका कारण खेल खेलाउन नसकिएको हो।
 
आर्मी र मध्यमाञ्चलबीचको विजेता छिनोफानोको लागि पेनाल्टी सुटआउट भोलि हुने भएको छ।

यसअघि आजै भएको पहिलो सेमिफाइनलमा एपीएफ नेपाल पुलिसलाई हराउँदै फाइनल पुगिसकेको छ। विभागीय डर्बी भिडन्तमा एपीएफले पुलिसलाई २-० ले पराजित गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell