PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

​संविधान संशोधनमा प्रचण्डलाई सघाउँदै बाबुराम



रमेश वाग्ले

​संविधान संशोधनमा प्रचण्डलाई सघाउँदै बाबुराम

काठमाडौः एकीकृत माओवादी छोडेर नयाँ शक्ती पार्टी गठन गरेका बाबुराम भट्टराईले अहिले आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सघाइरहेको दावी गरेका छन्।

'संविधान संशोधनः गतिरोध र समाधान' विषयमा राखेको सर्वपक्षीय छलफलमा भट्टराईले प्रधानमन्त्री प्रचण्डसँग भेटेको र संशोधनका पक्षमा उनी सकारात्मक भएको बताएका हुन्।

उनले प्रचण्डले आफूसँग संविधान संशोधन प्रस्ताव कतिसम्म परिमार्जन गर्न सकिने भन्ने विषयमा समेत छलफल गरेको बताए।
'संविधान संशोधनका विषयमा उहाँ (प्रचण्ड) सकारात्मक हुनुहुन्छ,' भट्टराईले भने, 'उहाँले मसँग संशोधन प्रस्ताव कहाँकहाँ परिमार्जन गर्न सकिन्छ त्यो भन्नुभएको छ तर, सबैकुरा म बताउन सक्दिन।'

उनले मधेसी दललाई आफ्ना अडानमा अडिग नभई प्राप्त उपलब्धिको रक्षा गर्न सुझाव समेत दिए। 'राजनीति भनेको शक्ति सन्तुलनको अभ्यास पनि रहेछ,' उनले भने, 'अब अडानमा कायम रहने र केही पनि नमान्ने हो भने सबै उपलब्धी गुम्न सक्छन्।'

निर्वाचनमा नगए मुलुक फेरी संकटमा फस्ने उनको विश्लेष्ण थियो। निर्वाचनमा जान संविधान संशोधन हुनुपर्ने र यसका लागी प्रमुख प्रतिपक्षदेखी मधेसी मोर्चाले समेत सघाउनुपर्ने उनले बताए। 'प्रचण्ड अहिलेको संशोधन संशोधन प्रस्ताव परिमार्जन गर्न र समस्या समाधान गर्न तयार हुनुहुन्छ' उनले भने।

एमालेलाई प्राविधिक नभई राजनीतिक हुन सुझाव

भट्टराईले एमालेलाई संविधान संशोधनका विषयमा प्राविधिक नभई राजनीतिक ढंगले सोच्न आग्रह गरे। प्राविधिक हिसावले राजनीतिक समस्याको समाधान नहुने भन्दै उनले एमालेलाई अडान नराख्न आग्रह गरे।

'नेकपा एमालेलाई संविधान संशोधनका विषयमा टेक्निकल्ली हैन पोलिटिकल्ली सोच्न आग्रह गर्छु,' भट्टराईले भने, 'प्राविधिक रुपमा सिमांकनका विषयमा संशोधन गर्न अप्ठेरो होला संशोधनका विरुद्धमा सर्बोच्चमा मुद्धा पनि होला तर त्यो प्राविधिक कुरा हो राजनीतिक हिसावले सोच्यो भने मात्र समाधान भेटिन्छ।'

एमालेले सिमांकन परिवर्तन हुनेगरी संविधानको संशोधन हुन नसक्ने भन्ने कुरा प्राविधिक रुपमा दृष्टिकोणले मात्रै ठिक भएको बताए। 'प्राविधिक हिसावले मात्र सोच्ने हो भने मलाई प्रधानमन्त्रीबाट हटाउन कसैले सक्दैनथ्यो खिलराजलाई राजनीतिक हिसावले सोचेर नै मैलै सत्ता हस्तान्तरण गरेको हुँ,' भट्टराईले भने, 'म योगेशजीलाई नै साँक्षी राखेर भन्छु, एमालेले राजनीतिक ‌ढंगले नसोचे समस्या अझ जटिल हुनेछ।'

भट्टराईले एमालेलाई सरकारबाट हट्नुपरेका कारण 'इगो'समस्या भएको भन्दै त्यसलाई आफैले व्यवस्थापन गर्नुपर्ने बताए।

'दुइपार्टीबीच भएको सहमति विपरित प्रचण्डले समर्थन फिर्ता लिएर आफै प्रधानमन्त्री हुँदा एमालेलाई 'इगो' जागेको हुन सक्छ,' उनले भने, 'अब त्यही कुरालाई लिने भन्दा समस्या समाधानमा सोच्नुपर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell