PahiloPost

Apr 11, 2025 | २८ चैत्र २०८१

बढुवा पद्धतिमा प्रहरी महानिरीक्षक असन्तुष्ट : गम्भीर समिक्षा गर्न सुझाव



पहिलोपोस्ट

बढुवा पद्धतिमा प्रहरी महानिरीक्षक असन्तुष्ट : गम्भीर समिक्षा गर्न सुझाव

काठमाडौं : लामो रस्साकस्सीका बीच बल्ल–बल्ल डिआइजी बढुवामा सहमत भएका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले बुधबार दर्ज्यानी चिह्न लगाउने कार्यक्रममा बढुवा पद्धतिमा असन्तोष जनाउँदै गम्भीर समीक्षा, समयानुकूल सुधार र पुनर्लेखन आवश्यक रहेको बताए।

प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनले एसएसपीबाट डिआइजीमा बढुवा भएका गणेश केसी, केदारमान सिंह भण्डारी र रमेशकुमार भट्टराई, प्राविधिकतर्फका ८ एसएसपी १३ एसपी, ९ प्राविधिक एसपी र १ इन्सपेक्टरलाई दज्र्यानी चिन्ह लगाइदिएका हुन्।

अवकासका लागी डेढ महिना बाँकी रहँदा उनले पदोन्नती प्रणालीले संगठनको भविष्यमा दूरगामी प्रभाव पार्ने भन्दै गम्भीर समीक्षा, समयानुकूल सुधार र पुर्नलेखन गरी परिवर्तन गर्नुपर्ने विश्लषण गरेका हुन्। 

उनले उच्च पदको आकांक्षालाई सफल पार्न समयमै क्षमता विकास, उचित कार्य सम्पादन र संगठनका मापदण्ड पुरा गर्नुपर्ने सुझाव समेत दिए।

एसएसपी सरुवाको गाँठो खुलेन

लामै रस्साकस्सीकाविच चित्त नबुझाए पनि एसएसपीको बढुवा निस्कियो । तर एसएसपीको सरुवा अझै हुन सकेको छैन । एसएसपीको सरुवा ननिस्कदा महानगरीय प्रहरी परिसर काठमाडौंले कार्यालय प्रमुख पाएको छैन । 

महानगरीय प्रहरी अपराध महाशाखा र ललितपुर परिसरमा १६ महिनादेखी एकै प्रहरी अधिकारी कार्यरत छन् । अञ्चल प्रहरी कार्यालयमा गएका एसएसपीको कार्यकाल १४ महिना कटिसक्दा समेत सरुवाको निर्णय हुन सकेको छैन ।

जानकारस्रोतका अनुसार काठमाडौं परिसर र महाशाखाको नेतृत्वको विषयमा गृह नेतृत्वसँग प्रधान कार्यालय नेतृत्वको सहमती हुन नसक्दा सरुवा रोकिएको हो ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell