PahiloPost

Apr 11, 2025 | २८ चैत्र २०८१

प्रहरी घेरामा ​नयाँ वर्ष : १ सय १५ स्थानमा चेकप्वाइन्ट



पहिलोपोस्ट

प्रहरी घेरामा ​नयाँ वर्ष : १ सय १५ स्थानमा चेकप्वाइन्ट

काठमाडौँ : सन् २०१७ को अङ्ग्रेजी नयाँ वर्षमा सुरक्षा दिन प्रहरीले उपत्यकाका ज्१ सय १५ स्थानमा चेकजाँच गर्ने तयारी गरेको छ।
काठमाण्डौ उपत्यकामा विशेष सुरक्षा योजना कार्यान्वन गर्दै प्रहरीले १५ स्थानमा विशेष सुरक्षा अनुगमन गर्ने, ठमेल,दरवारमार्गमा सादा पोसाकमा प्रहरी खटाउने गरी २ चरणको सुरक्षा योजना सार्वजनिक गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखामा आयोजित पत्रकार सम्मेलनमा डिआइजी प्रकाश अर्यालले नयाँ वर्षमा हनुसक्ने लुटपाट, चोरी र दुर्घटना रोक्न सुरक्षा योजना ल्याएको बताएका थिए।

पत्रकार सम्मेलनमा महानगरीय प्रहरी परिसर काठमाडौँ, ललितपुर र भक्तपुरका प्रहरी प्रमुख समेत थिए।

काठमाडौँ परिसरका एसपी प्रद्युम्न कार्कीले महानगरीय प्रहरी अपराध महाशाखासँग समन्वय गरी ठमेल र दरबारमार्गमा सादा तथा प्रहरी पोसाकमा प्रहरी खटाउने तयारी गरिएको जानकारी दिए।

भक्तपुर प्रमुख एसपी किरण राणाले नगरकोट र काभ्रेपलाञ्चोक आसपासको क्षेत्रमा विशेष सुरक्षा जाँचको व्यवस्था मिलाइएको बताए।
ललितपुर परिसरका  एसपी अशोक सिंहले लुटपाट र दुर्घटना रोक्न २ चरणको सुरक्षा योजना बनाएको बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell