PahiloPost

Apr 11, 2025 | २८ चैत्र २०८१

सातौं राष्ट्रिय खेलकुद : तेक्वान्दोमा आर्मीको वर्चस्व, १६ मध्ये ११ स्वर्णमाथि कब्जा



पहिलोपोस्ट

सातौं राष्ट्रिय खेलकुद : तेक्वान्दोमा आर्मीको वर्चस्व, १६ मध्ये ११ स्वर्णमाथि कब्जा

इटहरी : सातौं राष्ट्रिय खेलकुद अन्तर्गत तेक्वान्दोमा आर्मीले बुधबार थप ३ स्वर्ण जित्दै वर्चस्व कायम गरेको छ। प्रतियोगितामा समावेश १६ स्वर्ण मध्ये आर्मीले सर्वाधिक ११ स्वर्णमाथि कब्जा जमाउँदै शीर्ष स्थान हात पार्‌यो। ४ स्वर्ण, ५ रजत र १ कांस्य जितेको पुलिस दोश्रो भयो। तेश्रो स्थानमा चित्त बुझाएको एपीएफले १ स्वर्ण र ८ कास्य हात पार्‌यो।

सुनसरीको इटहरी रंगशालमा भएको प्रतियोगिताको अन्तिम दिन विभिन्न ५ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो। जसमध्ये आर्मीले ३ तथा पुलिसले २ स्वर्ण जित्यो।

पुरुषको ८० केजीमुनि आर्मीका रामदत्त भट्टले स्वर्ण जिते। उनले फाइनलमा मध्यमाञ्चलका विवेक श्रेष्ठलाई पराजित गरे। महिलाको ७३ केजीमुनि आर्मीकै मिरा काफ्लेले फाइनलमा पूर्वाञ्चलकी मौसम कार्कीलाई हराउँदै स्वर्ण जितिन्।

पुरुषको ७४ केजीमुनि पुलिसका निश्चलमान श्रेष्ठ पहिलो भए। उनले फाइनलमा आर्मीका ज्ञानेन्द्र हमाललाई पाखा लगाए। पश्चिमाञ्चलका किरणबहादुर आलेको चुनौती फाइनलमा पन्छ्याउदै पुलिसका वीरबहादुर महरा पुरुष ६३ केजीमुनि च्याम्पियन बने। 

पुरुष ६८ केजीमुनि आर्मीका मोहम्मद वेशले स्वर्ण हासिल गरे। उनले फाइनलमा प्रहरीका जेम्स प्रधानको चुनौती समाप्त पारे। 

प्रतियोगितामा पाँच क्षेत्र र तीन विभागीय टोलीका १२८ खेलाडीले विभिन्न १६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।

(फोटो संगिना वैद्यको फेसबुक)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell