PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

​चीनमा एक वर्षमा एक करोडले जागिर पाए



पहिलोपोस्ट

​चीनमा एक वर्षमा एक करोडले जागिर पाए

बेइजिङ : चीनले एक वर्षमा एक करोड ३० लाख जनालाई रोजगारी दिएको छ। सन् २०१६ मा उसले नयाँ रोजगारी सिर्जना गरेको हो।

मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्री यीन वैमिनले बुधबार आयोजित मन्त्रालयको वार्षिक पत्रकार सम्मेलनमा तथ्याङ्क सार्वजनिक गरेका हुन्। मन्त्रालयको वार्षिक लक्ष्य एक करोडभन्दा बढी थियो।

स्थीर रोजगारीले मुलुकको आर्थिक विकास र सामाजिक दायित्व पूरा गराउन सहयोग पुग्ने उनले बताए। चीनको आर्थिक वृद्धिदर सुस्त नै भएको सरकारी अधिकारीहरुको भनाई छ । 

आगामी वर्ष सन् २०१७ मा मजदुरहरुको तलब वितरणमा सुधार गर्ने र पेन्सनको लगानी बढाउने मन्त्री यीनले बताए।
रासस\सिन्ह्वा 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell