PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

​पौडी खेलाडी शिरिषद्वारा खाली खुट्टै दौडिने ३ खेलाडीलाई सहयोग



पहिलोपोस्ट

​पौडी खेलाडी शिरिषद्वारा खाली खुट्टै दौडिने ३ खेलाडीलाई सहयोग

पौडी खेलाडी शिरिष गुरुङ्गले एथलेटिक्स खेलाडीहरुलाई खेल सामाग्री सहयोग गरेका छन्।
 
पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको एथलेटिक्सका खेलाडीहरु आर्थिक अभावका कारण दौडमा लगाउने स्पाईक नलगाई खेलेको भनि विभिन्न संचार माध्ययमबाट समाचार सम्प्रेषण भएपछि गुरुङ्गले शिरिष फाउन्डेशन मार्फत सहयोग गरेका हुन्। 

उनले करिब ४५ हजार बराबरको स्पाईक, झोला, टिसर्ट लगायतका सामाग्री बुधबार र बिहिबार खेलाडीहरुलाई हस्तान्तरण गरे। सहयोग पाउने खेलाडीहरुमा सुदूरपश्चिम कैलाली टिकापुर राजीपुरकी शिमा चौधरी, पश्चिमाञ्चल गुल्मीकी सिता शेन र नवलपरासी गुठी पर्सौनीकी गुडिया गुप्ता रहेका छन्।

शिरिषले सातौ राष्ट्रिय खेलकुद अन्तर्गत यसअघि नै भएको पौडी स्पर्धामा ५ राष्ट्रिय किर्तिमानसहित १६ स्वर्ण पदक प्राप्त गर्दै सातौंमा अर्को किर्तिमान राखेका थिए। यसअघि करिष्मा कार्कीले १२ स्वर्ण पदक प्राप्त गर्दै एकै व्यक्तिले सर्वाधिक स्वर्ण पदक प्राप्त गरेको किर्तिमान थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell