PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

​वर्ल्ड बडी बिल्डिङमा कास्य पदक जितेकी ननिता सम्मानित



पहिलोपोस्ट

काठमाडौं : आठौं डब्लुबिपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपको महिला मोडल फिजिकको १६५ सेन्टीमिटर उचाइमा नेपाललाई कांस्य पदक दिलाएकी ननिता महर्जन बुधबार नगदसहित सम्मानित भएकी छन्।

ननितालाई नेपाल शारीरिक सुगठत तथा फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठ, उपाध्यक्षद्वय राजेश उपाध्याय र डिकेश मल्होत्रा तथा कोषाध्यक्ष सागर वगालेले मिलेर १ लाख ५० हजार नगदसहित सम्मान गरेका हुन्।

थाइल्यान्डको पटायामा गत नोभेम्बरमा भएको च्याम्पियनसिपमा ननिताले कास्य जितेकी हुन्। जुन नेपाली महिलाले वर्ल्ड बडी बिल्डिङमा जितेको पहिलो पदक हो।

(फोटो निर्मला महर्जनको फेसबुक)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell