PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

​पदक तालिकामा विभागकै वर्चस्व, आर्मी १०२ स्वर्ण सहित शीर्ष स्थानमा



पहिलोपोस्ट

​पदक तालिकामा विभागकै वर्चस्व, आर्मी १०२ स्वर्ण सहित शीर्ष स्थानमा

काठमाडौं : पूर्वाञ्चलमा भइरहेको सातौं राष्ट्रिय खेलकुद अन्तर्गत छैटौं दिनको खेल समाप्त भइसकेको छ। अब दुई दिनको खेल मात्र बाँकी छ। छैटौं दिनको समाप्तीमा पनि पदक तालिकामा तीन विभागीय टीमकै वर्चस्व कायम छ।

पदक तालिकामा आर्मी १०२ स्वर्णका साथ अग्रस्थानमा छ भने त्यसपछि नेपाल पुलिस र एपीएफ छन्।

छैटौं दिन १९ स्वर्णथप्दै आर्मीले कुल स्वर्ण संख्या १०२ पुर्‌याएको हो। १०२ स्वर्ण ५८ रजत र ४३ कास्य गरी कूल २०३ पदकका साथ आर्मी शीर्ष स्थानमा छ।

अर्को विभागीय क्लब पुलिसले ४० स्वर्ण ३४ रजत र ३८ कास्य गरी कूल ११२ पदकका साथ दोस्रोमा कायम छ भने एपीएफ ३६ स्वर्ण ३३ रजत र ५४ कास्य गरी १२३ पदकका साथ तेस्रो स्थानमा छ।

यस्तै मध्यमाञ्चलले छैटौं दिन १२ स्वर्ण थप्दै कूल २३ स्वर्ण जितेको छ। पश्चिमाञ्ल र सुदूर पश्चिमाञ्चलले पनि छैटौं दिन समान १ स्वर्ण थप गरेका छन्।

छैटौं दिनको समाप्तीपछि यस्तो छ पदक तालिका

स्रोत : राखेप



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell