PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

​स्वाइन्सटाइगरसँग बिहे भएकै वर्ष सन्यास लिइन् टेनिस खेलाडी इभानोभिचले



पहिलोपोस्ट

​स्वाइन्सटाइगरसँग बिहे भएकै वर्ष सन्यास लिइन् टेनिस खेलाडी इभानोभिचले

पूर्व विश्व नम्वर वन तथा सन् २००८ को फ्रेन्च ओपन च्याम्पियन अना इभानोभिचले टेनिसबाट सन्यास लिएकी छिन्। जर्मन फुटबलर बास्टियन स्वाइन्स्टाइगरसँग बिहे भएकै वर्ष सर्वियन २९ वर्षे इभानोभिचले सन्यास घोषणा गरेकी हुन्।

चोटका कारण गत अगस्ट देखि टेनिसबाट टाढा रहेकी इभानोभिचले वरीयतामा समेत ६३ स्थान तल झरिसकिन्। उनले वर्ष २०१६ मा जम्मा १५ म्याच मात्र जितेकी थिइन्।

इभानोभिच सन् २००८ मा १२ सातासम्म विश्व वरीयताको शीर्ष स्थानमा रहेकी थिइन्। उनले अहिलेसम्म १५ करियर उपाधि जितेकी छिन्।
सन्यास घोषणालाई कठिन निर्णय भन्दै इभानोभिचले भनेकी छिन्, 'यो कठिन निर्णय हो तर मसँग सेलेब्रेट गर्नको लागि धेरै छ।'  

'म ५ वर्षको हुँदा मोनिका सेल्सले टेलिभिजनमा खेलेको देख्दा मैले टेनिस खेल्ने सपना देखेँको थिएँ।' इभानोभिचले भने। 'मैले कहिलयै नसोचेको उपलब्धी हात पारेको छु।'

गत जुलाईमा स्वाइन्स्टाइगरसँग विवाह बन्धनमा बाँधिएपछि नै इभानोभिचले टेनिस करियर टुंगाउने संकेत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell