PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

संसद् बैठक आज पनि बस्ने, अवरोधको स्थिति कायमै रहने



पहिलोपोस्ट

संसद् बैठक आज पनि बस्ने, अवरोधको स्थिति कायमै रहने

काठमाडौं  : व्यवस्थापिका संसद्को वैठक आज पनि बस्दैछ । प्रतिपक्ष दलहरुको अवरोधका कारण औपचारिकतामा सीमित हुदै आएको बैठक आज पनि कार्यसूचीमा प्रवेश गर्ने सम्भावना छैन। दिउसो १ बजे संसद् वैठक डाकिएको छ।

संसद्को कारवाही सुचारु गर्ने विषयमा राजनीतिक दलहरुवीच कुनैपनि सहमति हुन सकेको छैन।

कार्यसूचीमा प्रवेश गर्ने निश्चित नभएपनि संसद् सचिवालयले पुरानै कार्यसूचीलाई सम्भावित कार्यसूचीमा प्रकाशित गरेको छ । सचिवालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र संसद्मा पढेर सुनाउने लगायतका ६ वटा कार्यसूची प्रकाशन गरेको छ।

निर्वाचनसँग सम्वन्धित दुई विधेयक र संविधान संशोधन प्रस्ताव सदनमा पेश गर्नेपनि सम्भावित कार्यसूची छ । यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्विन प्रमुख आयुक्त लोकमानसिंह कार्की्विरुद्ध सदनमा विचाराधीन महाभियोग प्रस्तावको छलफल जारी रहनेपनि सम्भावित कार्यसूची छ।

प्रतिपक्ष दलहरुको अवरोधका कारण यसअघि दश पटक वैठक कार्यसूचीमा प्रवेश गर्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell