PahiloPost

Apr 18, 2025 | ५ बैशाख २०८२

अव्यवस्थित चिहानले वन विनाश



पहिलोपोस्ट

पथरी : पूर्वमा घना जंगलमा तीव्ररुपमा पक्की चिहान निर्माण भएपछि जंगल मासिने क्रम बढ्न थालेको छ। 

विशेषगरी झापा, मोरङ र सुनसरी जिल्लाको राजमार्गले छोउका जंगल प्राकृतिक रुपले हरियो देखिनुको सट्टा चिहानले सेतै देखिन थालेका छन्। 

झापाको सीतापुरी, केर्खा, धरमपुर, माइधार, झिलझिले, चारआली, धाइजन, मोरङको पथरीशनिश्चरे, बयरवन, डाँगीहाट, बेलबारी तथा सुनसरीको धरानसहितका ठाउँमा चिहानघर तीव्ररुपमा निर्माण भएपछि जंगल मासिने खतरा बढेको हो। 

राई, लिम्बू, मगरलगायतका जातजातिले मात्र निर्माण गर्दै आएको कङ्क्रिट चिहान हाल आएर अरु जातिले समेत निर्माण गर्न थालेका छन् । 

झापा र मोरङमा भने भुटानी शरणार्थीले समेत जंगलमै चिहान बनाउन थालेको पाइएको छ । एउटा कङ्क्रिट चिहानले एकदेखि तीन धुरसम्म क्षेत्रफल ओगट्ने गर्दछ । सुनसरी र झापामा चिहानले कति छेत्रफल ओगटेको छ भन्नेबारेमा जिल्ला वन कार्यालयसँग तथ्याङ्क छैन् । 

मोरङमा भने राजमार्ग छेउको करिब ४० किमी लम्बाई र करिब २० हेक्टर क्षेत्रफल कङक्रिट चिहानले ओगटेको जिल्ला वन कार्यालयको तथ्याङ्कमा छ । जंगलमा चिहान निर्माण तीव्र हुन थालेपछि यसलाई व्यवस्थित गर्न विभिन्न पक्षबाट पहल सुरु भएको छ । 

कतिपय सामुदायिक वन उपभोक्ता समूहले आफ्नो क्षेत्रमा पक्की चिहान बनाउन रोक लगाएका छन् । वन उपभोक्ता समूहले विभिन्न स्थानमा सूचना पार्टी राखेर सचेत गराउन थालेपछि भने पक्की चिहान निर्माण नगरी समाधिस्थलमा बिरुवा रोप्न सुरु भएको जिल्ला वन कार्यालय मोरङका प्रमुख डा विनोद देवकोटाको भनाइ छ। 

नयाँ चिहान बनाउने कार्य रोकिए पनि पुराना चिहान हटाउन भने नसकिएको उनले बताए । धनकुटाको भेडेटारस्थित नाम्जे गाउँका मगर जातिले पूर्खाका सयौंँ चिहान उत्खनन् गरी एकै ठाउँमा समेटेर सामूहिक आत्माघर बनाई पर्यटकीय थलोका रुपमा विकास गरेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell