PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

राजधानीमा गयो बिजुली, तर लोडसेडिङले होइन!



पहिलोपोस्ट

राजधानीमा गयो बिजुली, तर लोडसेडिङले होइन!

काठमाडौं: विहिवार बिहान काठमाडौं उपत्यकामा विद्युत अापूर्तीमा अवरोध आएको छ। मर्स्याङ्दी-स्युचाटार १३२ केभिको प्रशारणलाइनको जम्पर तार चुँडिएपछि विद्युत आपूर्तीमा अवरोध आएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए।

बिहान ७.२० मा विद्युत आपूर्ती बन्द भएको र त्यसलाई पुन:सञ्चालनका लागि प्रयास भैरहेको उनले जानकारी दिए। उनले त्यसका लागि प्राबिधिक टोली साइटमा पुगेर मर्मत कार्य गरिरहेको जानकारी दिए।

प्राधिकरणले बैकल्पिक उपायका रुपमा कुलेखानीबाट बिद्युत सेवा सुचारु गर्ने प्रयास समेत गरिरहेको बताए। उनले आधा घन्टाभित्रमा बिद्युत सुचारु हुनसक्ने समेत जानकारी दिए। उनले प्राविधिकहरु मर्मत कार्यमा जुटिरहेकाले उक्त कार्य नसकुन्जेलसम्म धैर्य गरिदिन सर्वसाधरणसँग आग्रह समेत गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell