PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

सात केजी सुनसहित कलंकीमा पक्राउ परे गाडी चालक



सविन ढकाल

काठमाडौं : सात केजी सुन सहित गाडी चालक कुन्साङ लामालाई प्रहरीले कलंकीबाट पक्राउ गरेको छ।

आज बिहान धादिङबाट काठमाडौँ आउँदै गरेको बा ८ च ७४२० नम्बरको हाइलक्स गाडीबाट सुन बरामद गरको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए। एक केजीका सातबाट 'सुनको बिस्कुट' बरामद गरिएको हो। बरामद सुनको मूल्य ४ करोडभन्दा बढी रहेको छ। लामाको घर रसुवा हो। शंका लागी सोधपुछ गर्दा चालकले नै सुन भएको बताएका थिए।

सुन लिएर आउने चालक भरिया मात्र हुन् वा होइनन् भन्नेबारे अनुसन्धान भइरहेका खनालले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell