PahiloPost

Apr 18, 2025 | ५ बैशाख २०८२

​प्रिमियर लिग : टोटनहमको जितमा डेले अलीको दुई गोल, साउथह्याम्पटन घरेलु मैदानमा पराजित



पहिलोपोस्ट

​प्रिमियर लिग : टोटनहमको जितमा डेले अलीको दुई गोल, साउथह्याम्पटन घरेलु मैदानमा पराजित

प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा टोटनहम हट्सपरले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको साउथह्याम्पटनलाई ४-१ ले पराजित गरेको छ। टोटनहमको जितमा डेले अलीले दुई गोल गरे।

साउथह्याम्पटनले घरेलु मैदानमा भएको खेलको दोस्रो मिनेटमै भर्जिल भान जिकको गोलबाट अग्रता लिएपनि त्यसलाई कायमा राख्न सकेन। १९ औं मिनेटमा टोटनहमका डेले अलीले गोल गर्दै खेल बराबरीमा ल्याए। ५२ औं मिनेटमा ह्यारी केनले गोल गरेपछि टोटनहमले २-१ को अग्रता बनायो। 

५७ औं मिनेटमा टोटनहमका नाथन राडमोन्डले डि एरियामा डेले अलीलाई फल गरेपछि साउथह्याम्पटनलाई दोहोरो झड्का लाग्यो। नाथन सिधै रातो कार्डको सामना गर्दै मैदान बाहिरिए भने टोटनहमले पेनाल्टी अवसर प्राप्त गर्यो।  तर ह्यारी केन पेनाल्टीमा गोल गर्न असफल हुँदा टोटनहमले गोल थप्ने मौका गुमायो।

टोटनहमले खेलको अन्त्यतिर दुई गोल थप्यो। ८५ औं मिनेटमा हेन मिन सुन र ८७ औं मिनेटमा डेले अलीले गोल गरेपछि टोटनहम ४-१ ले विजयी भयो।

जितपछि १८ खेलबाट ३६ अंक जोडेको टोटनहम पाँचौं स्थानमा यथावत छ। चौथो स्थानको आर्सनलभन्दा टोटनहम एक अंकले मात्र पछि छ। समान खेलबाट ४६ अंक जोडेको चेल्सी शीर्ष स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell