PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

​बोर्डिङ स्कुलभित्रै कामदार महिलाको फेला पर्‍यो शव



पहिलोपोस्ट

इटहरी : सुनसरी जिल्लाको दुहवी नगरपालिका–४ मा रहेको मनास्लु बोर्डिङमा कार्यालय सहयोगीका रुपमा कार्यरत ३५ वर्षीया पवित्रा विष्टको घाँटी रेटेर हत्या गरेको अवस्थामा आज बिहान शव फेला परेको छ। 

दुहवी–५ घर भएकी पवित्रा सोही बोर्डिङमा आवासीय सेवामा रहेको अवस्थामा गएराति हत्या भएको प्रहरीले अनुमान गर्दैै बोर्डिङ सञ्चालक शंकर थापालगायतसँँग प्रारम्भिक सोधपुछ भइरहेको प्रहरी उपरीक्षक पोषराज पोख्रेलले जानकारी दिए।
 
पवित्राको हत्या के कारणले भएको हो भनेर सोधखोज भइरहेको र चाँडै नै पवित्राको हत्यामा संलग्न मानिस पत्ता लाग्ने प्रहरी उपरीक्षक पोख्रेलले बताए। 

पवित्राको हत्या यौनिक पनि हुन सक्ने भन्दै मृतकको शव परीक्षणका लागि अस्पताल लैजाने तयारी भइरहेको उहाँले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell